celebrity name

ग्याजेटप्रति बढ्दो रुचि

Posted on October 12, 2010

ग्याजेटप्रति बढ्दो रुचि

आपसमा सुमधुर सम्बन्ध राख्न सेल फोन अहिले महत्वपूर्ण माध्यम भएको छ। कुनै बेला उच्च वर्गको स्ट्याटस सिम्बोलका रूपमा परिचित सेल फोनले अहिले सबै वर्गका मानिसलाई समेटेको छ। जो जहाँ भए पनि सजिलै कुरा हुने र सजिलै पकेटमा राख्न सकिने हुनाले यसको माग बढ्दो छ। मानिसको यसप्रति बढ्दो मोहसँगै अहिले विभिन्न स्टाइल, रंग एवं फिचर भएका फोन बजारमा उपलब्ध छन्। कुनै बेला सामान्य कलरका फोन बोक्दा पनि ठूलो मान्ने हाम्रो समाजमा अब आइ फोनले ठाउँ ओगटेको छ। नोकिया, सामसुङ, स्पाइस, माइक्रो म्याक्स, बर्ड, एलजी, इन्टेक्स, मोटोरोला आदिले विभिन्न खालका फोन बजारमा भित्र्याएका छन्। ब्याल्क बेरी र एप्पल फोन युवाका सपना हुन्। जिपिआरएस सुविधा भएको रंगीन फोन अहिले १६ सय ५० रुपैयाँमै पाइन्छ। यसबाहेक ब्लुटुथ, क्यामेरा, टच स्त्रिन, वाइफाइ, विभिन्न रंगका हाउजिङ, नेट, एफएम आदि सुविधायुक्त सेल फोन पनि बजारमा आएका छन्। यस्ता फोनको मूल्य सुविधा हेरी फरक-फरक छ।



ल्यापटप

हेर्दा सानो तथा सजिलै जहाँ पनि लान सकिने हुँदा ल्यापटप सबैको रोजाइमा परेको छ। डेक्स कम्प्युटरको तुलनामा हरेक काम गर्न सकिने तथा आफ्नो ल्यापमा राखेर सजिलै चलाउन सकिने हुँदा यसको माग बढेको छ। ब्याट्री चार्ज गरेपछि बत्ती नभएका बेला पनि यसलाई सजिलै चलाउन सकिन्छ। विभिन्न रंग, आकार तथा डिजाइनमा उपलब्ध ल्यापटपले सबैलाई आकषिर्त गरेको छ। सोनी, एचपी, आइबिएम, डेल, लेनोभो, कम्प्याट, एप्पल, एलजी आदि विभिन्न कम्पनीका ल्यापटप अहिले बजारमा उपलब्ध छन्। ल्यापटप लिनुभन्दा पहिले ब्याट्री कति टिक्छ, त्यसमा भएको र्‍याम, एलसिडी स्त्रिन, हार्ड ड्राइभ, वायरलेस नेटवर्किङ आदि कुरामा ध्यान दिनुपर्छ। अहिले बजारमा मानिसको आवश्यकताअनुसार विभिन्न साइज तथा डिजाइनका ल्यापटप उपलब्ध छन्।



डीभीडी

घरमै बसेर नयाँ चलचित्र हेर्न रुचि राख्नेहरूका लागि डीभीडी राम्रो साधन भएको छ। फुर्सदको बेलामा डीभीडी किनेर घरमै स-परिवार अथवा साथीसँग कम खर्चमै रमाइलो गर्न सकिन्छ। डीभीडीमा १ वर्षको वारेन्टी पाइन्छ। ३ हजारसम्मको चाइनिज डीभीडी बजारमा उपलब्ध छन्। डीभीडीमा एचडिआई केबल, पेन ड्राइभ आदि चलाउन मिल्ने सुविधा पनि हुन्छ। राम्रो खालको डीभीडीमा कुनै पनि खालका चक्का चल्छन्।



म्युजिक सिस्टम

म्युजिकबिनाको जीवन अधूरो हुन्छ। त्यसैले म्युजिक सिस्टम अहिलेका युवाहरूमाझ लोकपि्रय छ। यस्ता म्युजिक सिस्टममा विभिन्न सुविधा हुन्छन्। कुनै म्युजिक सिस्टममा सीडी, ब्लुटुथ र एचडिआई केबल लाग्छन्। त्यसैगरी बायोकिप स्पिकर साउन्ड, राम्रो गुणस्तरको आवाज भएको म्युजिक सिस्टम लिनुपर्छ। म्युजिक सिस्टममा अहिले उफर लोकपि्रय छ। घरमा सजिलै राख्न सकिने तथा उफरसँगै आउने २.१, ४.१ साना म्युजिकले गर्दा यसको माग बढ्दो छ। २.१ भन्नाले उफरमा साना दुई वटा म्युजिक सिस्टम तथा ४.१ भन्नाले एउटा ठूलो उफरसँग चार वटा साना साउन्ड सिस्टम हो। यसको मूल्य म्युजिक सिस्टमको कम्पनी तथा गुणस्तर हेरेर फरक पर्न सक्छ। म्युजिक सिस्टममा मूल्यअनुसार सुविधा हुन्छन्।



डिजिटल क्यामेरा

कुनै बेला रिल हालेर फोटो खिच्नुपर्ने कम्प्याट क्यामेराको ठूलो महत्व थियो तर रिल चाहिने तथा बढी पैसा खर्च हुने हँुदा त्यो बिस्तारै हराउँदै गएको छ। त्यसको ठाउँ अहिले डिजिटल क्यामेराले लिएको छ। आफूलाई मन लागे जति फोटो खिच्यो र मन नपरेको फोटो सजिलै डिलिट गर्न सकिने हुँदा डिजिटल क्यामेरा लोकपि्रय भएको हो। यसमा फोटो खिच्नुभन्दा पहिले नराम्रो होला वा बिगि्रएला भनेर डर मान्नु पर्दैन। आफूले खिचेका तस्बिर चित्त नबुझे अर्को लिन सकिन्छ। त्यसैगरी यसमा आफूले खिचेको तस्बिर तुरुन्त हेर्न सकिन्छ। विश्वप्रसिद्ध डिजिटल क्यामेरा नेपाली बजारमा पनि उपलब्ध छन्। सुरुमा महँगो भए पनि पछि यो कम्प्याट क्यामेराको तुलनामा सस्तो पर्छ।



ह्यान्डी क्यामेरा

हेर्दा सानो एवं चिटिक्क परेको हातको हत्केलाले समातिने ह्यान्डी क्यामेरामा आफूले गरेका हरेक क्रियाकलाप रेकर्ड गर्न सकिन्छ। यसमा विभिन्न चाडपर्व तथा उत्सवमा भएको रमाइला क्षणलाई कैद गरी सम्झनास्वरूप राख्न सकिन्छ। यसलाई सानो क्यासेट अथवा हार्ड डिक्स राखेर प्रयोग गरिन्छ। सजिलै सबैले चलाउन सक्ने हुनाले यसको प्रयोग बढ्दो छ। ह्यान्डी क्यामेरा लिँदा क्यामेराको मेघा पिक्सेल, एलसिडी, मेमोरी कार्डको क्षमता आदि कुरामा ध्यान दिनुपर्छ। यसको फोटोको गुणस्तर कस्तो हुन्छ सुरुमै बुझ्नुपर्छ।



गेमिङ जोन र सिनेमा

साहसिक खेल खेल्न रुचि हुनेहरूका लागि गेमिङ जोन र फोर डी सिनेमा आकर्षक थलो हो। सिटी सेन्टरमा भएको गेमिङ जोन र थ्री तथा फोर  डी सिनेमाले अहिलेको युवा पुस्तालाई तानेको छ। गेमिङ जोनमा रहेको हाइटेक भिडियो गेम र विभिन्न पुरस्कार जित्न सक्ने खेलले जो कोहीलाई पनि आफूतिर तान्ने कुरा नौलो होइन। त्यसैगरी रोमाञ्चकारी साहसिक खेलको अनुभव बटुल्न थ्री तथा फोर  डी सिनेमा उपयुक्त थलो हो। यसमा दर्शकका सबै सेन्स जागरुक हुन्छन्। २० मिनेटको यो फिल्मले दर्शकलाई मनोरञ्जनका साथै नौलो कुराको अनुभूति गराउँछ।



भिडियो गेम

भिडियो गेम टाइम पासको राम्रो माध्यम हो। भिडियो गेम टिभीमा केबल अथवा एडाप्टर जोडेर जोए स्टिकमा भएको बटमको सहयोगबाट खेल्न सकिन्छ। यसका लागि गेम कार्टिज तथा किबोर्ड प्रयोग गरिन्छ। किबोर्डले टाइपिङ तथा कम्प्युटरसम्बन्धी अन्य ज्ञान बटुल्न पनि सहयोग गर्छ। फेरि द रेस इक्सपिरिएन्स, टिएनटी द रेसर, ब्याटलफिल्ड, द सेक्रेट वल्र्ड, घोस्ट पाइराइट अफ भोजु आइसल्यान्डब आदि भिडियो गेमले युवा तथा किशोरहरूलाई तानेको छ।



आइपोड

संगीतप्रेमीहरूको दुनियाँमा आइपोडले एक किसिमको तहल्का नै मच्चाएको छ। यो मिडिया प्लेयर र हार्ड डिस्क भएको सानो पोर्टेबल डिभाइस हो। यसमा एमपी थ्री, क्यामेरा तथा भिडियो क्यामेराको सुविधा हुन्छ। कुनै बेला ग्याजेटको क्षेत्रमा आफ्नो नाम लोप हुन लागेको कम्पनी एप्पल कम्प्युटरले लन्च गरेको आइपोडले अहिले संसारभर तहल्का मच्चाएको छ।

सानो तथा प्रयोगकर्ताको साथीका रूपमा रहेको यो आइपोडमा सबैजसो अडियो एमपी थ्रीको सुविधा प्रयोग गर्न पाइन्छ। आइपोड, आइपोड न्यानो र आइपोड सफल गरी तीन प्रकारका हुन्छन्। यीबाहेक बजारमा पुराना खालका आइपोड पनि किन्न पाइन्छ। अहिलेका युवामाझ आइपोड न्यानो लोकपि्रय छ। यो १, २ तथा ४ जीबीमा उपलब्ध छ। यसमा आइपोडको मेमोरी कार्ड क्षमताअनुसार २ सय ४० देखि १ हजार वटा गीत राख्न सकिन्छ।  यसमा भएको मेमोरी कार्ड कुनै एक्सपान्डेबल हुन्छ भने कुनै ननएक्सपान्डेबल।  आइपोड सफल १ जीबीसम्मको हुन्छ। यसमा फ्ल्यास मेमोरी स्टोरेज डिभाइसका रूपमा प्रयोग हुन्छ। आइपोड फ्ल्यासमा स्त्रिन हुँदैन। यसमा एमपी थ्रीको सुविधा मात्र हुन्छ जसले गर्दा यसबाट गीत सुन्न मात्र सकिन्छ। त्यसैगरी आइपोड न्यानोमा स्त्रिन पनि हुन्छ। यसले गर्दा भिडियो रेकर्डिङ, फोटो खिच्ने तथा राख्ने काम गर्न सकिन्छ। यो टच स्त्रिन सुविधायुक्त हुन्छ।


Read Also

Leave a Reply


Headlines :